Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु गोल्ड कप फुटबल टर्नामेन्ट यसवर्ष नहुने

$
0
0
Mungpoo Youth Club membersमङपु युथ क्लबको आयोजनामा विगत २०१३ सालदेखि लगातार रुपमा यहाँको मङपु जनमैदानमा सम्पन्न हुँदै आइरहेको गोल्ड कप फूटबल टर्नामेन्ट यस वर्ष नहुने जानकारी क्लबको पक्षमा यसको सदस्य दिब्या बोम्जनले दिएको छ | तिनले जनाए अनुसार क्लबका सभापति योगेश राईको सभाध्यक्षमा आज बसेको सभाले यस्तै निर्णय लिएको छ | हरेक वर्ष दशैं अघिदेखि गोल्ड कप शुरु भएर भाई टिकाको भोलि र पर्सीको दिन मङपुमा भब्य मेला एवम स्पोर्ट्स भएपछि लगत्तै अर्को दिन यस गोल्ड कपको फाइनल खेल सम्पन्न हुने गर्थ्यो भने यस वर्ष बर्तमान पहाडको स्थितिलाई हेरेर क्लबले टर्नामेन्ट सम्पन्न नगर्ने निर्णय लिएको छ | यसको साथै पहाडको राजनैतिक परिवेशको घरिघरिको उतार चडाउको कारण घरि बन्द घरि खुल्ला हुने गरेकोले फुटबल आयोजन गर्नलाई क्लबसित यथेष्ट समय नभएको, मङपु जनमैदान अहिलेघरि अव्यवस्थित साथै घाँसले भरिएकोले छोटो समयमा ग्राउण्ड मेन्टिनेन्स अनि अन्य व्यवस्था मिलाउन खुबै चर्को पर्ने हुनाले अन्तमा क्लबले यस वर्षको निम्ति फुटबल खेल आयोजन नगर्ने पक्षमा नै अन्तिम निर्णय लिन बाध्य भएको छ भने आगमी २०१८ सालदेखि फेरि यसलाई निरन्तरता दिने जानकारी प्राप्त छ | स्मरण रहोस यस क्लबको आयोजनामा यसै जन मैदानमा अघिल्लो वर्षहरुमा देशभित्रकै नामी टीमहरु जस्तै केएफसी, साइ, लखनाउ, जबलपुर, सिक्किम साथै अन्तराष्ट्रीय टीमहरु बंगलादेश, भुटान अनि नेपालका प्रसिद्ध टीमहरुले पनि आफ्नो प्रदर्शनी देखाईसकेका छन् | तैपनि यता खेल मैदानको अवस्था भने दिनोदिन बिग्रँदो स्थितिमा छ | यहाँका खेलप्रेमी व्यक्ति तथा आयोजक पक्षले समय समयमा यस्ता नामी क्लबहरुलाई निमन्त्र्ना गरेपनि कतिपय टीमहरु खेल मैदानको दशा देखेर आउन नमानेको पनि आयोजक पक्षले बताएको छ | मङपु जन मैदानमा सम्पन्न हुने हरेक वर्षको गोल्ड कप म्याचले मङपुलाई मात्र पहोइन तर सिंगो दार्जीलिंगलाई नै प्रतिनिधित्व गरिरहेको हुन्छ भने सम्भवत जिल्लाकै एक असल स्थानमा अवस्थित खेल मैदानमा एउटा पक्की स्टेडियमको आवश्यकता परेको छ जसलाई विभिन्न समयहरुमा सम्बन्धित व्यक्तिहरुले उठान गरेपनि कहींकतैबाट सुनवाई नभएको सत्यता सबै सामु छ | यसैले कुनै पनि राम्रो खेल आयोजन गरेर टिकट उठाउन पनि लाजमर्दो हुने मङपु जनमैदानको निम्ति सम्बन्धित अनि पहुँच भएका व्यक्तिहरुले सवर्जनहितको निम्ति स्टेडियमको माग गर्दै व्यवहारिकतामा ल्याउन जरुरी रहेको देखिन्छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles