Quantcast
Viewing all articles
Browse latest Browse all 3853

मङपूको विभिन्न शाखामा गोजमुमोको स्थापना दिवस पालन

गोर्खा जनमुक्ति मोर्चाको ११ औं स्थापना दिवस आज मोर्चा मङपु शाखा र सिम्ले शाखाले संयुक्त रुपमा मङपु विभागीय सार्वजनिक भवनमा पालन गर्यो | कार्यक्रममा प्रथमत: महात्मा गान्धीको तस्वीरमा वयोवृद्ध भीम बहादुर गुरुङ, एनबी घले तथा मङपु शाखा सचिव लिला बहादुर छेत्री, डी साल्मे, सिम्ले शाखा सचिव रवीन राई, शुसिल थापा, सभापति नारी मोर्चा प्रतिनिधि अनुज्योति आले, संगीता तामांग तथा अन्य अतिथिवर्गले खादार्पण साथै मोर्चाको झण्डालाई पनि खादार्पण गरेर ससम्मान धुप बत्ती बालेर स्थापना दिवस मनाए भने कार्यक्रमलाई लिला बहादुर छेत्री, मनिका गुरुङ, रविन राई, किरण थापा, विजय राई आदिले सम्बोधन गरे भने कार्यक्रममा मिठाई बाँडेर खुशियाली आदान प्रदान गरे | यसरी नै मङपु लाब्दा समष्टि गोजमुमो पार्टी कार्यलयमा पनि लाब्दा शाखा सभापति भुपाल मोक्तान साथै कानुनी सल्लाहकार राम पोख्रेलको नेतृत्वमा मोर्चाको स्थापना दिवस पालन गरियो जुन कार्यक्रममा प्रेम बहादुर सिंग्देन अवकासप्राप्त शिक्षकको प्रमुख आतिथ्य रहेको थियो | कार्यक्रममा गोजमुमोको झण्डा, शहीदहरुको तस्वीर आदिमा पुजा पाठ गर्दै खदा चडाएपछि उपस्थित गोर्खा जनमुक्ति मोर्चाका सदस्यहरुले गोजमुमो, बिमल गुरुङ अनि गोर्खाल्याण्डका नाराहरु लगाउंदै मिठाइहरु वितरण गरेका थिए | विगत वर्षहरुमा समष्टि कार्यलयमा मात्र भब्यरुपमा स्थापना दिवस मनाइने गरिन्थ्यो भने यसपाली समष्टि कार्यलयसंगै मङपु लाब्दाका शाखा, रेसेप शाखा, सिम्ले शाखा तथा अन्य शाखाहरुमा पनि गोर्खा जनमुक्ति मोर्चाको ११ औं स्थापना दिवस पालन गरेको जानकारी समष्टि प्रचार प्रसार सचिव बुद्ध कुमार थापाले दिएका छन् | कार्यक्रममा वक्ताहरुले सबैलाई शान्ति शृंखला कायम राख्दै निडर, निर्भिक अनि धैर्यको साथ छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति एक भइ अध्यक्ष बिमल गुरुङ र गोजमुमोलाई साथ दिने अपिल गरेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles