Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा इन्टरनेट संगै नेटवर्कको पनि समस्या

$
0
0
Mobile internet network ban in Darjeeling
दार्जीलिंग पहाडबाट गोर्खाल्याण्डको आन्दोलन शुरु भएपछि सरकारद्वारा पहाडीछेत्रमा इन्टरनेट सेवा बन्द गर्ने निर्देश गर्दै सम्बन्धित कम्पनीहरुलाई नोटिस जारी गरेको थियो जसको फलस्वरूप पहाडमा अहिले घरि इन्टरनेट सेवा वाधित छ | इन्टरनेट बन्दीले हैरान भएका जनता अहिलेघरि विभिन्न कम्पनीका नेटवर्कहरुमा गडबडी आएकोले अर्को थप समस्या भोगिरहेका छन् | पहाड बन्दको कारण गाउँ बस्तीमा दैनिक पत्रिका पुग्न नसकेको समय फेसबुक अनि अनलाइन समाचारहरु हेरेर पहाडको बर्तमान स्थितिबारे जान्ने इन्टरनेटनै एउटा सजिलो माध्यम थियो त्यसमा पनि प्रतिबन्ध लगाएपछि फोन गरेर यता उताको हालखबर बुझ्ने गर्दागर्दै बर्तमान विभिन्न नेटवर्क कम्पनीकाहरुले पनि आफ्नो टावरबाट सुचारु नेटवर्क दिइरहेका छैनन् | मङपु क्षेत्रमा भोडाफोन, एयरसेल, रिलायन्स सबैले नै राम्रो नेटवर्क दिनसकेका छैनन् | नेटवर्क हुने तर कल नलाग्ने, कसै कम्पनीको अघिल्लो दुई हप्ता भन्दा अघिदेखि नेटवर्क शुन्य रहेको जस्ता समस्याले क्षेत्रबासी पिडित छन् | यसरी हालमा सुचना अनि संचारको माध्यमहरुनै एकाएक बन्द गर्न थालेपछि गाउँ बस्तितिर मानिसहरु कालापानीमा बसेको अनुभव गरिरहेका छन् | इन्टरनेट अनि नेटवर्कको बन्द अनि गडबडीले गर्दा साधारण जनता लगायत विधार्थी नानीहरुको अनलाइन भर्ना, रेल टिकट आदि जस्ता आवश्यकीय कामहरु गर्नदेखि पनि बंचित बन्न परेको छ |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles